logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

अफगानिस्तानमा बम विस्फोटमा परी एक सैनिकको मृत्यु


अंकुरण खबर
1.131K
Shares

अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ ।

सडक किनारमा राखिएको विस्फोटक पदार्थ पड्किँदा एक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक  घाइते भएका प्रहरी स्रोतले पुष्टि गरेको छ ।

यस विस्फोटमा कुनै समूहको हात रहेको हो या होइन भन्ने प्रस्ट नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अफगानिस्तानमा सडक किनारमा बम विस्फोट गराउने यसअघि प्रायः तालिबान लडाकू समूहले गराउँदै आएका छन् । यसपटक पनि सोही समूहको हात रहेको आशंका प्रहरीको छ ।