logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इन्डोनेसियामा बाढी र पहिरोमा परी ९० जनाको मृत्यु


अंकुरण खबर
793
Shares

इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन्।

यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन्।

यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।

यस प्रकोपबाट इन्डोनेसियामा ६६ र इस्ट टिमोर २१ जनाको मृत्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले सोमबार बिहान बताउनु भएको छ।

इस्ट टिमोरको राजधानी दिलीको आवासिय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ।

बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ।

त्यस्तै बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि भएका छन्। रासस