logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा थप ९६ हजार ५५७ जनामा कोरोना संक्रमण


अंकुरण खबर
741
Shares

छिमेकी मुलुक भारतमा थप ‍९६ हजार ५५७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

यसअघि (सोमबार) चैत्र २३ मा भारतमा अहिलेसम्मकै धेरै १ लाख ३ हजार ७९३ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या सोमबारको तुलनामा कम हो । यो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड २६ लाख ८४ हजार ४७७ पुगेको छ ।

हालसम्म भारतमा १ करोड १७ लाख ३० हजार ४५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख ८८ हजार ८५५ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ५७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ४४५ जनाको मृत्यु भएको छ ।