logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ घटना : बुहारी बनेर आउन लागेकी युवती आफ्नै छोरी हुन् भन्ने थाहा भएपछि…


अंकुरण खबर
1.053K
Shares

विवाहको दिन धेरैका लागि जिन्दगीभरि याद रहिरहने दिन हो । पूर्वी चीनको सुजौकी एक युवतीका लागि भने यही दिनले जिन्दगीमा रहस्यको नयाँ पर्दा उघारिदियो।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार मार्च ३१ मा सुजौमा एक विवाह भइरहेको थियो।  विवाहमा दुलाहाकी आमाले दुलहीको हातमा केही यस्तो कुरा देखिन्, जुन उनलाई पहिल्यै देखेजस्तो लाग्यो।

सानैमा हराएकी उनकी छोरीका हातमा जस्तो ‘बर्थमार्क’ थियो। दुलहीका हातमा पनि त्यस्तै ‘बर्थमार्क’ देखेपछि उनले मन थाम्न सकिनन्। दुलही पक्षका आमाबुवालाई सोधिन्- तपाईंहरूले छोरी एडप्ट गर्नु भएको हो। चीनमा बच्चाहरू एडप्ट गर्ने कुरालाई गोप्य नै राखिन्छ। सार्वजनिक ठाउँमा यसबारे कुरा गर्न बर्जितजस्तै छ।

दुलहीका आमाबुवाले हो भनेपछि उनलाई ढुक्क भयो, दुलही सानैमा हराएकी उनकी आफ्नै छोरी हुन्।

उनले दुलहीसँग पनि कुरा गरिन्। २० वर्षअघि छुटेकी छोरीले पनि आमालाई चिनिन्।  यो क्षण निकै भावुक थियो।

अघिसम्म दुलाहा-दुलही भएकाहरू अब भाइबहिनी भए।

त्यसपछि फेरि अर्को रहस्यको पर्दा उघ्रियो-दुलाहा पनि ती महिलाका आफ्नै छोरा थिएनन्। सानैमा छोरी हराएपछि ती महिलाले एक जना बच्चालाई छोरा मानेर एडप्ट गरेकी थिइन्।

दुबै जना एउटै बाबुआमाका सन्तान नभएकाले उनीहरूको विवाह हुने नै भयो।

अहिले यो घटना चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताबीच चर्चामा छ। एजेन्सी