अमेरिकाको टेक्सास राज्यमा बन्दुकधारीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
टेक्सासको ब्रायन सहरस्थित दराज बनाउने एउटा कम्पनीमा बिहीबार एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा उक्त घटना भएको हो । घटनाको आरोपमा ग्राइम्स प्रान्तका ल्यारी बोलिनलाई पक्राउ गरिएको ब्रायनका प्रहरी प्रमुख एरिक बुस्केले बताए ।
उनले घटनाको अनुसन्धान भइरहेको र आक्रमण के उद्देश्यले गरिएको थियो भन्नेबारे अहिलेसम्म केही खुलिनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।