भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ८७९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा थपिएका समेत गरी भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १ करोड ३३ लाख नाघेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ८३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६९ हजार २७५ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतमा हालसम्म कोरोना संक्रमण देखिएकामध्ये १ करोड २० लाख ८१ हजार जना संक्रमण मुक्त भएका जनाइएको छ ।
भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ११ लाख ८ हजार रहेको छ ।
पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ५५ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै छत्तीसगढमा १४ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उत्तर प्रदेशमा १२ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै केरला, कर्नाटक, तामिलनाडु, दिल्ली, गुजरातमा पनि नयाँ संक्रमितको संख्या पाँच हजारभन्दा धेरै छ ।
गत फेब्रुअरीयता भारतमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ ।
फ्रब्रुअरीयता भारतमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा छ ।