logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेलायतमा पसल, सैलुन, जिम हल र पब फेरि खोलिए


अंकुरण खबर
1.417K
Shares

इङल्यान्डमा पसल, सैलुन, जिम, पब र सार्वजनिक बैगैंचा फरि खोलिएको छ।

इङल्यान्डमा आजबाट पसल, सैलुन, जिम, पब र सार्वजनिक बैगैंचा फरि खोलिएको हो।

कोरोना भाइरसको नयाँ प्रकार ‘केन्ट’ को उच्च प्रसारपछि गत जनवरीको सुरुबाट इङल्यान्डमा भएको लकडाउनमा सबै पसल, सैलुन, जिम, पब र सार्वजनिक बगैंचाहरु बन्द गरिएका थिए।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सबै पसल, जिम, पब र सावर्जनिक बैगैंचा खोल्ने कदमलाई कोभिड-१९ महामारीको प्रतिबन्धबाट स्वतन्त्रताका लागि एक प्रमुख कदम भएको घोषणा गरेका छन्।

‘ती व्यवसाय मालिकहरुलाई ठूलो राहत हुनेछ जो यति लामो समयदेखि बन्द छ,’ प्रधानमन्त्री बोरिस जोनसनले भने । उनले सबैलाई जिम्मेवारीपूर्वक आफ्नो देनिकीमा फर्कन र हासियार रहन आग्रह गरे।

हालसम्म बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ४३ लाख ६९ हजार ७ सय ७५ जना छन् भने मृत्यु हुनेको संख्या १ लाख २७ हजार ८७ छन् । त्यस्तै ३९ लाख ७२ हजार २९ जना रहेको छ। एजेन्सी