logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमिताभ बच्चनदेखि अष्ट्रेलियाली प्रधानमन्त्रीसम्मले दिए नेपाली नयाँवर्षको शुभकामना


अंकुरण खबर
1.521K
Shares

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन र बलिउड अभिनेता अमिताभ बच्चनले नेपाली नयाँवर्षको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

अष्ट्रेलियाको प्रधानमन्त्री कार्यालयद्धारा जारी शुभकामना सन्देशमा अष्ट्रेलिया तथा संसारका नेपाली समुदायलाई शान्ति र सुरक्षाको कामना गरिएको छ ।

मरिसनले भनेका छन्- नयाँवर्षको उत्सव अष्ट्रेलियाको फराकिलो समुदायलाई नेपालको अद्धितीय संस्कृतिको बारेमा अनुभव गराउने सुवर्ण अवसर पनि हो ।’

त्यस्तै, बलिउड अभिनेता बच्चनले पनि नेपाली नयाँवर्षको अवसरमा आरोग्यताको कामना गरेका छन् ।

उनी लेख्छन् – विक्रम संवत २०७८ हिन्दू नवबर्ष एवं नवरात्रीको अवसरमा तपाईको परिवारलाई धेरै शुभकामना । माता रानीको अशिर्वाद तपाई र परिवारमा सँधै रहोस् ।