छिमेकी मुलुक भारतमा एकै दिन २ लाखको हाराहारीमा कोरोना भाइरसका संक्रमित थपिएका छन्।
गत २४ घण्टाभित्र त्यहाँ एक लाख ९९ हजार ५६९ जना नयाँ संक्रमित थपिएका हुन्।
भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि (बुधबार) वैशाख १ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै १ लाख ८५ हजार २४८ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ४० लाख ७० हजार ८९९ पुगेको छ।
कुल संक्रमित संख्याका आधारमा भारत दोस्रो स्थानमा रहेको छ। भारतमा हालसम्म १ करोड २४ लाख २६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् भने अब अब भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजार ५९२ छ ।
यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७३ हजार १५२ पुगेको छ जसमध्ये पछिल्लो २४ घण्टामा त्यहाँ थप १०३७ जनाको मृत्यु भएको छ ।