logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कार्यकालको एक वर्षमै हाइटीका प्रधानमन्त्रीले दिए राजीनामा


अंकुरण खबर
1.703K
Shares

हाइटीका प्रधानमन्त्री जोसेफ जोथेले राजीनामा दिएका छन् ।

कार्यकालको एक बर्षमै जौथेले  कुनै स्पष्टीकरण बिनै राजीनामा दिएका हुन् । जौथे गत २०२० को मार्चदेखि हाइटीका प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्री जौथेले पहिले पनि राजीनामा पेश गर्ने प्रयास गरिसकेका थिए तर राष्ट्रपति जोनेल मोइसेले त्यसबेला अस्वीकार गरेका थिए।

अस्थिरताकै बीचमा राष्ट्रपति मोइसले यही  जुनमा संवैधानिक जनमत संग्रह गर्ने योजना बनाएका छन जसलाई आलोचकहरूले शक्ति सुदृढीकरण गर्ने प्रयास मानेका छन। एजेन्सी