logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणका कारण विश्वभर ३० लाख बढीको मृत्यु, १४ करोड बढी संक्रमित


अंकुरण खबर
1.144K
Shares

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण विश्वभरमा ३० लाख २३ हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमितको संख्या १४ करोड भन्दा बढी पुगेको छ ।

पछिल्लो २४ घन्टामा मात्रै विश्वभर ७ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् । अहिले कोरोना भाइरसको संक्रमणको अवस्था अहिलेसम्मको उच्च भएको भन्दै विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विश्वभर संक्रमण दर उच्च रहेको सन्दर्भमा छिमेकी देश भारतमा कोरोना संक्रमणको दर उच्च बिन्दुमा पुगेको छ । भारतमा संक्रमितको संख्या दैनिक २ लाख ६० हजार भन्दा बढीरहेको छ ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन वृद्धि हुदैँ गइरहेको छ । एजेन्सी