logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लेबनानमा कोरोनाको सङ्क्रमण झन् बढ्दै


अंकुरण खबर
780
Shares

लेबनानमा कोभिडका सङ्क्रमितहरुको संख्या झन् बढ्दै गएको छ।

पहिलेको तुलनामा यहाँ कोभिड सङ्क्रमितहरु झन् ठूलो संख्यामा देखिइरहेका यहाँका अधिकारीहरुले जनाएका छन्।

राजधानी बेरुतबाट प्राप्त समाचारअनुसार यहाँ शुक्रबार मात्र ५ हजार ४४० जना नयाँ संक्रमित भेटिएका छन्। यहाँ एकै दिन यति धेरै संख्यामा संक्रमित देखिएको यो पहिलो पटक हो।

बिहीबार मात्र पनि यहाँ ५ हजार जना भन्दा बढी व्यक्तिमा कोभिडको सङ्क्रमण देखिएको थियो।

त्यसपछि बिहीबारदेखि नै यहाँको सरकारले देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको थियो।

लेबनानमा पछिल्लो समयमा कोभिडका संक्रमितहरुको संख्या पहिलेको तुलनामा निकै बढ्दै गएको पाइएको छ।

जसका कारण यहाँको सरकारले कडा खालको लकडाउन गरिरहेको छ। तर पनि सङ्क्रमितहरुको संख्यामा भने कमी आएको छैन। एजेन्सी