बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको उच्च प्रसार भएपछि आफ्नो भारत भ्रमण रद्द गरेका छन।
अप्रिल २६ का लागि तय भएको भारत भ्रमण बोरिसले सोमबार रद्द गरेका हुन्।
भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले प्रधानमन्त्री बोरिसले अप्रिल २६ मा भारत भ्रमण नगर्ने बेलायत र भारत सरकारद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
बेलायतमा हाल कोरोना भाइरसको कुल सक्रिय संक्रमितको संख्या ४३ लाख ९० हजार सात सय ८३ छ भने मृत्यु हुनेको संख्या एक लाख २७ हजार दुई सय ७४ छ। त्यस्तै, भाइरसबाट निको हुनेको संख्या ४१ लाख ५६ हजार एक सय ३५ छ ।