logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा प्रहरीद्वारा अश्वेत युवतीमाथि गोली प्रहार


अंकुरण खबर
702
Shares

अमेरिकाको ओहायो राज्यमा प्रहरीले चलाएको गोली लागि एक अश्वेत युवतीको ज्यान गएको छ ।

मृतक १६ वर्षीया माखिया ब्रायन्ट रहेको ‘कोलम्बस डिसप्याच न्यूजपेपर’ले जनाएको छ ।

ओहायो राज्यको राजधानी कोलम्बसमा स्थानीय समयअनुसार मंगलबार अपराह्न्न ४ः४५ मा प्रहरी अधिकारीले चलाएको गोली लागेर ब्रायन्टको मृत्यु भएको हो ।

अफ्रिकी–अमेरिकी जर्ज फ्लोयडको मृत्युमा अदालतले पूर्वप्रहरी अधिकारीलाई दोषी ठहर गरेको २० मिनेटअघि मात्र यो घटना घटेको समाचारमा जनाइएको छ ।

सार्वजनिक भिडियोमा ब्रायन्टले एक व्यक्तिलाई धक्का दिएर लडाएपछि कारको छतमा रहेकी युवतीमाथि छुरा प्रहार गर्न खोज्छिन् । त्यसपछि ४ पटक गोली चलेको आवाज सुनिएको समाचारमा उल्लेख छ ।

प्रहरीले घटनाको विषयमा छानबिन सुरु गरेको जनाएको छ ।