logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकै दिन ३ लाख बढि संक्रमित, २१ सय भन्दा धेरैको मृत्यु


अंकुरण खबर
845
Shares

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन लाख भन्दा बढि संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा तीन लाख १४ हजार नयाँ संक्रमित थपिँदा कोभिड–१९ का कारण २१ सय चारजनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या २२ लाख ९१ हजार भन्दा बढि पुगेको छ । अहिलेसम्म भारतमा एक करोड ५९ लाख भन्दा धेरै संक्रमित भएका छन् ।

यस्तै, कोभिड–१९ बाट एक लाख ८४ हजार भन्दा धेरै भारतीयको ज्यान गएको छ ।

कोरोना भाइरसको संक्रमणसँगै भारतमा खोप अभियान पनि तीव्र रुपमा जारी छ । अहिलेसम्म १३ करोड २३ लाख भन्दा धेरै खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।