logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ राजदूतलाई लक्षित गरी होटलमा बम विस्फोट, चार जनाको मृत्यु


अंकुरण खबर
1.3K
Shares

पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक होटलमा बम विस्फोट हुँदा चारको मुत्यु हुनुका साथै ११ घाइते भएका छन् ।

बुधबार पाकिस्तानका लागि चिनियाँ राजतदुत बसको होटलमा बम विस्फोट भएको हो । पाकिस्तानका लागी चिनियाँ राजदूतलाई लक्षित गरी उक्त हमला भएको अधिकारीहरुले बताएका छन ।

पाकिस्तानको तालिवान समुहले यो विस्फोटको घटनाको जिम्मा लिएको छ ।

गृहमन्त्री शेख राशिद अहमदले विस्फोटक पदार्थले भरिएको एउटा कार होटलमा विस्फोटन भएको बताएका छन् । तर विस्फोटका बेला राजदुत  नोङ रोङ घटना भएको क्षेत्रमा थिएनन् । एजेन्सी