logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भूमध्यसागरमा डुंगा दुर्घटना, सय बढी आप्रवासीको मृत्यु


अंकुरण खबर
1.794K
Shares

मध्यसागरमा डुंगा दुर्घटना हुँदा सयभन्दा बढी आप्रवासीको मुत्यु भएको छ। भूमध्सागरसँग सिमाना जोडिएको लिबियामा बिहीबार डुंगा दुर्घटना भएको थियो।

युरोपियन मानवीय समूह एसओएसले बिहीबार डुंगामा १ सय ३० जना सवार रहेको बताएका छन्। डुंगामा समस्या देखिएपछि युरोपियन मानवीय समूह एसओएसले उद्धारको लागी अरू तीन डुंगा पठाएको बताएको छ। त्रिपोली

‘आज जसै हामी घटनास्थलमा पुग्यौं, हामीले कोही पनि जीवित भेट्टाएका छैनौं। घटनास्थलमा १० शव मात्र फेला पारेका छौं। हामी यो घटनाले दुखित छौं, उद्धार कार्यको समन्वय गरिरहेकी लुइसा अलबेराले भनिन्।

सन् २०१४ देखि अफ्रिकाबाट युरोप जाने क्रममा २० हजारभन्दा बढी आप्रवासी र शरणार्थीको समुद्रमा मृत्यु भएको छ।