logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिल्लीमा लकडाउन एकसाता थपिने


अंकुरण खबर
2.86K
Shares

भारतको दिल्लीमा थप एकसाताका लागि लकडाउन थपिएको छ ।

दिल्लीका मुख्यमन्त्री केजरीवालले भोलीबाट सकिने लकडाउन थप एकसाता लम्ब्याउने जानकारी दिएको भारतीय मिडियाले जनाएका छन् ।

भारतका विभिन्न राज्यसहित दिल्लीमा पनि कोरोना संक्रमणको अवस्था डरलाग्दो भन्दै गएपछि दिल्ली सरकारले रातको समयमा लकडाउन गर्दै आएको थियो । १९ अप्रिलदेखि २६ अप्रिलसम्म राति १० बजेबाट बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको थियो ।

मुख्यमन्त्री केजरीवालले आइतबार पत्रकार सम्मेलन गरी अर्को एकसतासम्मका लागि रातिको समयमा लगाइएको प्रतिबन्ध थप गर्ने घोषणा गरेका हुन् ।

संक्रमण फैलनबाट रोक्ने लकडाउन अन्तिम हतियार भएपनि यसले पनि दिल्लीमा संक्रमण कम नभएको उनको भनाइ छ । संक्रमित बिरामीहरुलाई अक्सिजनको कमी हुन नदिन र उपचारको प्रबन्धका लागि दिल्ली सरकारले निरन्तर काम गरिरहेको केजरीवालले बताए ।