अमेरिकाले किशोरकिशोरीका लागि कारोना भाइरसविरुद्धको खोप लगाउन स्वीकृति दिने तयारी गरेको छ ।
यसअघि नै खोप उत्पादकले गएको मार्चमै परीक्षणको नतिजा प्रकाशित गर्दै १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीमा पनि खोप सुरक्षित तथा प्रभावकारी रहेको बताउँदै आएको थियो ।
फाइजर खोपको आपतकालीन प्रयोग किशोरकिशोरीमा पनि बिस्तार गर्ने तयारी स्वरुप छलफल तथा परामर्श भएको एफडिएले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
आउँदो हप्ताको सुरुमा एफडिएले सो स्वीकृति जारी गर्ने तयारी गरेको खबरमा उल्लेख छ । फाइजर र जर्मनीको कम्पनी बायोएनटेकले उत्पादन गरेको खोप परीक्षणपछि १२ देखि १५ वर्षसम्मका लागि पनि दिने तयारी भएको हो ।