भारतमा पहिलोपटक जनावरमा कोरोना पोजिटिभ फेला परेको छ ।
हैदराबादको नेहरू चिडियाखानामा रहेका ८ एसियाली सिंहमा कोरोना संक्रमण पाइएको हो । २९ अप्रिलमा ती सिंहहरुको पीसीआर टेष्ट गरिएकोमा पोजिटिभ रिपोर्ट आएको अधिकारीहरुलाई उधृत गर्दै नवभारत टाइम्सले खबर छापेको छ ।
चिडियाखानाका निर्देशक डाक्टर सिद्धानंद कुकरेतीले पनि सिंहहरुमा कोरोनाको लक्षण देखिएको स्वीकार गरेका छन् । तर उनले ती सिंहहरुको पीसीआर रिपोर्ट आधिकारिक रुपमा आउन भने बाँकी रहेको बताए ।