logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिनकै बढ्यो भारतमा पेट्रोल र डिजेलको मूल्य, कति पुग्यो अहिले ?


अंकुरण खबर
4.433K
Shares

भारतमा पेट्रोल र डिजेलको मूल्य दिनै बढेको छ ।

भारतीय तेल कम्पनीहरुले मङ्गलबार पेट्रोल र डिजेलको मूलय बढाएका थिए पनि बुधबार पनि पुनः मूल्यवृद्धि गरेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । मंगलबार पनि प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा मूल्यवृद्धि भएको थियो ।

बिपिसिएल र एचपिसिएल सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन भए पनि गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१.५८ र डिजेलमा भारु १९.१८ ले मूल्य वृद्धि गरेका छन् ।

भारतीय सञ्चार माध्यमले जनाए अनुसार अहिले भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ र डिजेल ८१.१२ कायम रहेको छ ।