विभिन्न कसुरमा कतारको जेलमा रहेका १४ नेपाली कैदीबन्दीलाई रमादान पर्वका अवसरमा कतार सरकारले आममाफी दिएको छ ।
कतारको दोहास्थित नेपाली दूतावासले जनाए अनुसार कतारस्थित केन्द्रीय तथा अन्य कारागारमा सजाय भोगिरहेका १४ नेपाली बन्दीलाई आममाफी दिइएको हो । यद्यपी दुतावासले आममाफी पाउने को को हुन् सार्वजानीक गरेको छैन् ।
नेपाली दूतावासको पहलमा त्यहाँका विभिन्न पर्वहरुको अवसर पारेर कतारले कैदीबन्दीलाई आम माफी दिदै आएको छ । उनीहरुलाई नेपाल फर्कन दूतावासले सहजीकरण गर्ने जनाएको छ । ।