logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेलायतद्वारा नेपालबाट हुने यात्रालाई प्रतिबन्ध


अंकुरण खबर
780
Shares

बेलायतले नेपालमा कोभिड–१९ को नयाँ भेरिएन्ट फैलिएको भन्दै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने भएको छ ।

बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपालसहित, टर्की र माल्दिभ्सलाई ‘रेड जोन’मा राखिएको घोषणा गरेका हुन् ।

विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि लागू हुने बीबीसीले जनाएको छ ।

उक्त यात्रा प्रतिबन्ध बेलायती नागरिकबाहेक अन्य मुलुकका नागरिकमा पनि लागू हुने छ ।

रेड जोनमा राखिएका मुलुकबाट आउने आइरिस र बेलायती नागरिकले भने सरकारले तोकेका क्वारेन्टिनमा १० दिन अनिवार्य बस्नुपर्ने भएको छ ।