विश्व स्वास्थ्य संगठन डब्लुएचओले भारतीय कोभिड–१९ को भेरिएन्ट विश्वका लागि चिन्ताको कारण भएको बताएकोछ ।
यो भेरिएन्ट सर्ने क्षमता र खोपलाई बेसर गर्ने क्षमता बढी रहेको चिन्ताको कारण भएको डब्लुएचओले जनाएको छ ।
गत वर्ष यो भेरिएन्ट भारतमा पहिलो पटक पहिचान गरिएको थियो । यसलाई बीडटवानडट सिक्सहन्ड्रेड सिक्सटीन स्ट्रेनको रूपमा भनिएको थियो । भारतमा हालका महिनमा बढिरहेको संक्रमण र मृत्युको कारण यो भेरिएन्टलाई भनिएको छ ।
हालका केही सातामा भारतको दैनिक संक्रमितहरूको संख्या चार लाख बढी रहँदै आएको छ ।
जेनेभामा डब्लुएचओको प्राविधिक समूहका प्रमुख मारिया भान करखोभेले यो भेरिएन्टलाई वैश्विक स्तरको चिन्ता भएको बताए ।
भारतको यो भेरिएन्ट नयाँ कोरोनाभाइरसको चौथो स्ट्रेन हो । कोरोनाभाइरसको संसर्गबाट विकास भएको पहिलो स्ट्रेन बेलायतमा फेला परेको थियो ।
यसलाई पहिलो स्ट्रेन, दक्षिण अफ्रिकामा फेला परेकोलाई दोस्रो र ब्राजिलमा फेला परेकोलाई तेस्रो स्ट्रेन भनिएको हो । हाल यसका दस फरक खालका भेरिएन्टहरूलाई विश्वभर पहिचान गरिएको छ । जुन भेरिएन्टको सर्ने क्षमता धेरै हुन्छ त्यसलाई डब्लुएचओले खतरनाक वर्गीकरणमा राख्ने गरेको छ । एजेन्सी