logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसको एक विद्यालयमा गोली चल्दा ११ जनाको मृत्यु


अंकुरण खबर
1.755K
Shares

रुसको एक विद्यालयमा गोली चल्दा कम्तिमा ११ जनाको मृत्यु भएको विदेशी सञ्चारमाध्यमले बताएका छन् ।

घटना पूर्वी मस्कोदेखि ८२० किलोमिटर टाढा कजान सहरको विद्यालयमा घटेको थियो । उक्त घटनामा ७ बच्चाले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।

अधिकारीका अनुसार दुई मानिसले अन्धाधुन्द गोली बर्साएका थिए । एक १९ वर्षीय युवालाई पक्राउ गरिएको छ ।

कजान मुस्लिम गणराज्य तातारस्तानको राजधानी हो । एजेन्सी