logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिंगापुरमा फेरि लकडाउनको तयारी


अंकुरण खबर
624
Shares

कोरोना भाइरसको संक्रमण बढेपछि सिंगापुर सरकारले फेरि लकडाउन गर्ने तयारी गरिरहेको छ ।

सिंगापुर सरकारले मे १६ बाट जुन १३ सम्म एक महिनाको लागि फेरि लकडाउन गर्ने तयारी गरेको हो ।

सिंगापुरको स्वास्थ्य मन्त्रालयले पछिल्लो ४८ घण्टामा ७१ कोरोना भाइरसको नयाँ संक्रमित थपिएको जनाएको छ ।

दुई जना भन्दा बढी मानिस भेला हुन, होटल, जिमखाना र समूहमा कार्यक्रम गर्ने जस्ता कार्यमा प्रतिबन्ध लगाउन सिफारिस गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

सिंगापुरमा हालसम्म कोरोना संक्रमितको संख्या ६१ हजार चार सय ५३ जना छ भने मृत्यु हुनेको संख्या ३१ जना छ। त्यस्तै, निको हुनेमा ६१ हजार २९ जना रहेका छन् ।