logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दक्षिण पूर्वी अरब सागरमा बनेको आँधीको जोखिम बढ्यो, भारतमा उच्च सतर्कता


अंकुरण खबर
923
Shares

दक्षिण पूर्वी अरब सागरमा बनेको आँधीको जोखिम बढे पछि भारतका केही ठाउँमा उच्च सतर्कता अपनाइएको छ ।

भारतको गुजरात, केरला र महाराष्ट्रमा आँधीको असर धेरै पर्न सक्ने पूर्वानुमान गरिएको छ ।

आँधीमा परेर केरलाका दुई जनाको ज्यान गएको छ । यो आँधीका कारण एक सय ५० देखि एक सय ६० किलोमिटर प्रति घण्टाको गतिको हावा चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आँधीका कारण केही ठाउँमा भीषण वर्षासमेत भएको छ । यस्तै, तमिलनाडुमा बाढीको खतरा समेत रहेको बताइएको छ । एजेन्सी