अन्तर्राष्ट्रियकोरोना विशेष

कोरोना लागेपछि आइसोलेसनका लागि रुखमा बसे भारतका यी व्यक्ति

कोरोनाभाइरस महमारीको आतंक भारतका गाउँ-गाउँमा फैलिएको छ । गाउँमा स्वास्थ्य केन्द्र त परको कुरा, होम आइसोलेसन पनि सम्भव छैन ।

तेलंगानामा एक युवकलाई कोरोना लागेपछि घरको आँगनमा रहेको रुखमा चढेर आइसोलेसनमा बसेका छन् । परिवारलाई संक्रमणबाट बचाउन उनी रुख चढेका हुन् ।

कोठानन्दीकोंडा गाउँका युवकलाई कोरोना लागेपछि चिकित्सकले होम आइसोलेसनमा बस्न भने । गरीबको घरमा जम्मा एउटा कोठा भएकाले संक्रमित युवक रुख चढेर आइसोलेसनमा बसे ।

एउटै कोठामा चारजनाको परिवार बस्ने गर्छ । शिवा नामक ती युवक विगत १० दिनदेखि आइसोलेसनमा छन् । उनी रुखमै खाना मगाउँछन्, त्यही दिसापिसाब गर्छन् अनि संगीत सुनेर दिन कटाउँछन् ।

गाउँमा उपचार नपाएर धेरै जनाको मृत्यु भइरहेको छ । एजेन्सी

Comment here