logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

भारतमा कोरोना संक्रमित निको हुने क्रम बढ्दै


अंकुरण खबर
845
Shares

भारतमा कोरोना संक्रमित निको हुने क्रम बढ्दो छ ।

बुधबार ३ लाख ६८ हजार ७८८ जनालाई निको भएको निको भएका छन् ।

मंगलबार ३ लाख ८९ हजार ५६६ जना संक्रमितलाई निको भएको थियो । सोमबार पनि अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमित निको भएका थिए।

यस्तै, बुधबार २ लाख ७६ हजार ५९ संक्रमित थपिएका छन् । लामो समयपछि लगातार चौथो दिन दुई लाखको आँकडामा संक्रमित थपिने क्रम देखिएको हो ।

गत शनिबार ३ लाख १० हजार ५८० संक्रमित थपिएका थिए । भारतमा दुई हप्ताअघिको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बुधबार ३ हजार ८७६ जनाको ज्यान गएको छ । मंगलबार अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो। भारतमा अहिलेसम्म २ लाख ८७ हजार १५६ जनाको ज्यान गइसकेको छ ।

हाल सम्म भारतमा १८ करोड ५८ लाख ९ हजार ३०२ जनताले कोरोनाको खोप लगाइसकेका छन् ।