नाइजेरियाका सेना प्रमुख जनरल इब्राहिम अटाहिरूको विमान दुर्घटनामा मृत्यु भएको छ ।
देशको उत्तर–पश्चिमी राज्य कडुनामा भएको विमान दुर्घटनामा परेर उनको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। खराब मौसमबीच विमान अवतरण गर्ने प्रयास हुँदा उक्त घटना घटेको सेनाले जनाएको छ ।
दुर्घटनामा परेर चालक दल र अन्य दशजना अधिकृतहरू मारिएको बताइएको छ। राष्ट्रपति मोहम्मदु बुहारीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । बीबीसी