logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना महामारीमा कोरियालाई सफलता, छिटै ‘मास्क फ्री’ घोषणा हुँदै


अंकुरण खबर
1.794K
Shares

विश्वभर कोरोना भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाउनु परेको छ ।

यसबाट विश्वका करोडौं मानिसहरु संक्रमित भएका छन् । यसैबीच दक्षिण कोरियामा जुलाईदेखि घरबाहिर पनि मास्क लगाउनु नपर्ने भएको छ ।
कोरोनाविरुद्धको भ्याक्सिनको एक डोज लगाउनेले पनि मास्क लगाउनु नपर्ने त्यहाँको सरकारले जनाएको छ ।

सेप्टेम्बरसम्ममा ७० प्रतिशतलाई खोप लगाइसक्ने दक्षिण कोरियाको लक्ष्य रहेको छ । हाल त्यहाँ केवल ७.७ प्रतिशतले खोप लगाएको तथ्यांक छ ।

कोरियामा हालसम्म करिब एक लाख ३७ हजार संक्रमित भएका छन् भने एक हजार ९४० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । एजेन्सी