logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाको टेनिसीमा सेस्ना विमान दुर्घटना, सात जनाको मृत्यु


अंकुरण खबर
1.378K
Shares

एउटा सानो सेस्ना जेट विमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

सेस्ना सी ५०१ विमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना विमानस्थलबाट उडेको केही समयभित्रै विमान पोखरीमा खसेको उल्लेख छ ।

उद्धारकर्मीका अनुसार विमानमा सवार सबै सात जनाको ज्यान गएको छ । संघीय हवाई उड्डयन प्रशासनले बिमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ । सिन्ह्वा