logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना संक्रमण घट्दै, दैनिक ४ लाखबाट डेढ लाखमा झर्यो


अंकुरण खबर
923
Shares

पछिल्ले २४ घण्टामा छिमेकी मुलुक भारतमा १ लाख ५३ हजार जना ४८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कोरोनाको कठिन परिस्थितिको सामना गरिरहेको भारतमा केही दिनयता कोरोना नियन्त्रण प्रभावकारी बनिरहेको हो ।

यसअघि दैनिक ४ लाख जनासम्मलाई कोरोना देखिँदै आएको भारतमा सङ्क्रमण घट्दो क्रममा छ । भारत आफैले पनि कोरानाविरुद्धको खोप उत्पादन गरेर आफ्ना नागरिकलाई दिन थालेको छ ।

भारतमा हालसम्म सङ्क्रमित सङ्ख्या २ करोड ८० लाख ४६ हजार ९५७ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २० लाख ३३ हजार ३०१ जना छ । उपचाररत सक्रिय सङ्क्रमितमध्ये ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ ।

सङ्क्रमितमध्ये दुई करोड ५६ लाख ८४ हजार ५२९ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।