कोरोना भाइरसका नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले अलग नाम दिएको छ ।
संसारका बिभिन्न मुलुकमा फेला परेका नयाँ भरियन्टलाई विश्व स्वास्थ्य संगठनले अलग नाम दिएको हो । बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्टलाई ‘डेल्टा’ नाम दिएको छ ।
त्यस्तै, भारतमै फेला परेको अर्को भेरियन्टलाई ‘कप्पा’ नाम दिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
भारतमा भेटिएका दुवै भेरियन्ट नेपालमा पनि पुष्टि भएका छन् । ति दुवै भेरियन्टलाई नेपालमा पनि डेल्टा र कप्पा भनिनेछ ।
भारतमा भेटिएको डेल्टा भेरियन्ट संसारका विभिन्न देशमा फैलिएको छ । अहिलेसम्म नेपालसहित ५० देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कोरोना भाइरसको भेरियन्टको नाम राख्न ग्रिक शब्दहरूको प्रयोग गरिएको हो । यसले नाममा सहजीकरण र भ्रम अन्त्य हुने विश्वास गरिएको छ । एजेन्सी