logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनको सहयोगमा पाकिस्तानले बनायो आफ्नै खोप


अंकुरण खबर
754
Shares

पाकिस्तानको सरकारले चीनको मद्दतमा आफ्नो देशमा तयार गरेको पहिलो खोपलाई ‘इन्कलाब’ (क्रान्ति) बताएको छ । ‘पाकभ्याक’ नामको यस खोपलाई मंगलबार सार्वजनिक गरिएको हो ।

पाकिस्तानका केन्द्रीय योजना मन्त्री असद उमरले यस दिनलाई महत्त्वपूर्ण बताउँदै पाकिस्तानको यो खोप कुनै क्रान्तिभन्दा कम नभएको बताए । उनको पाकिस्तानको स्वास्थ्य टीमको साथै चीनलाई पनि आभार व्यक्त गरे ।

उनले हाल पाकिस्तानमा चीनमा बनेको सिनोफार्मको खोप नै रुचाइएको पनि बताए । ‘खोप लगाउन आउने मानिसहरुले एस्ट्राजेनेकाभन्दा सिनोफार्मको खोप माग गरिरहेका छन्,’ उनले भने, ‘त्यो छैनभन्दा उनीहरु फर्किने गरेका छन् ।’

स्वास्थ्य मामिलामा पाकिस्तानी प्रधानमन्त्रीका विशेष सहायक डाक्टर फैसल सुल्तानले कठिन चुनौतीहरुलाई आफ्ना मित्रहरुको मद्दतले अवसरमा बदल्ने कोशिस गरिरहेको जिकिर गरे । सुल्तानले भने, ‘कोभिड–१९ सँग लड्न हाम्रो मित्र चीन सबैभन्दा नजिक रह्यो ।’ बीबीसी