logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा १ लाख ३२ हजार ३६४ कोरोना संक्रमित थपिए, २७१३ जनाको मृत्यु


अंकुरण खबर
715
Shares

भारत पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार ३६४ कोरोना संक्रमित थपिएका छन्।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा २ लाख ७ हजार ७१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७ सय १३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

अहिलेसम्म भारतमा २ करोड ८५ लाख ७४ हजार ३ सय ५० जना कोरोना संक्रमित भएका छन्। ती मध्ये २ करोड ६५ लाख ९७ हजार भन्दा धेरै निको भैसकेका छन्। ३ लाख ४० हजार ७०२ जनाले भने ज्यान गुमाएका छन्।

अहिले भारतमा १६ लाख ३६ हजार सक्रिय संक्रमित छन्। भारतमा २२ करोड ४१ लाख भन्दा धेरै मानिसहरुलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइएको छ।