logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारुदी सुरुङ बिस्फोटमा ११ जनाको मृत्यु


अंकुरण खबर
1.43K
Shares

अफगानिस्तानको उत्तरपश्चिममा एउटा यात्रुबाहक मिनिभ्यानमा सडक किनारामा राखिएको बारुदी सुरुङमा परेर बिस्फोट हुँदा भ्यानमा सवार कम्तीमा ११ जना यात्रुको ज्यान गएको छ ।

अधिकारीहरुका अनुसार शनिबार भएको उक्त घटनामा मारिनेहरुमा तीन जना बालबालिका समेत रहेका छन् ।

निकै शक्तिशाली बिस्फोटका कारण उक्त मिनिभ्यान सडकबाट खोंचमा झरेको बडघिस प्रान्तीय गभर्नर हेसामुद्दीन शाम्सले बताए । उनले उद्वार कर्ताहरु घटनास्थलमा पुगेको जानकारी दिए ।

बिस्फोटको कसैले पनि जिम्मेवारी लिइसकेका छैनन् तर प्रान्तीय सरकारले तालिबान समूहले सुरक्षा फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याएको आरोप लगाएको छ ।

तालिबान समूहले भने उक्त घटनाका बारेमा तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । एजेन्सी