logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतको पुणे शहरको केमिकल फ्याक्ट्रीमा आगलागी, कम्तीमा १८ जनाको मृत्यु


अंकुरण खबर
1.911K
Shares

भारतको महाराष्ट्र राज्यस्थित पुणे शहरको एक केमिकल फ्याक्ट्रीमा भीषण आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु छ ।

बीबीसीका अनुसार सोमबार साँझ ३७ जना मजदुर काम गरिरहेको अवस्थामा करिब ४ बजे फ्याक्ट्रीमा आगलागी भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीमा दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूको परिवारका लागि दुई लाख रुपैयाँ र घाइतेको उपचारका लागि ५० हजार दिने घोषणा गरेका छन् ।

यो फ्याक्ट्री पुणेस्थित घोटाबडे फाटा क्षेत्रमा छ । फायर ब्रिगेड विभागका अनुसार केही मजदुरहरू अझै पनि बेपत्ता छन् र उनीहरूको खोजी कार्य जारी छ । अझै घाइतेको एकीन विवरण आउँन सकेको छैन् ।

आगलागीको कारणबारे अनुसन्धान भैरहेको त्याहाको प्रहरीले जनाएको बीबीसीले जनाउको छ ।