logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना संक्रमितको संख्या घट्दै


अंकुरण खबर
2.184K
Shares

भारतमा कोरोना संक्रमणको दोस्रो लहर आएपछि पहिलो पटक १ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा भारतमा १ लाख ६३६ संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा भारतमा २ हजार १२३ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्यांक अनुसार भारतमा क्रमशः संक्रमण कम हुँदै गएको छ । मे ७ मा भारतमा एकैदिन सबैभन्दा धेरै ४ लाख १४ हजार १८८ जना कोरोना संक्रमित भएका थिए ।

भारतमा हालसम्म २ करोड ८९ लाख ९६ हजार ४७३ जनामा कोरोना संक्रमण भइसकेको छ । ३ लाख ५१ हजार ३०९ संक्रमितको मृत्यु भइसकेको डब्यूएचओको तथ्यांकमा उल्लेख छ । एजेन्सी