logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो


अंकुरण खबर
806
Shares

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झन् बृद्धि भएको समाचारमा जनाइएको छ ।

कोरोना संक्रमणबाट एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ मंगलबार मात्र २ हजार ३७८ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको हो।

अघिल्लो दिन अर्थात् सोमबार मात्र ब्राजिलमा कोभिडबाट एक हजार जनाको मात्र ज्यान गएको थियो । तर त्यसको २४ घन्टापछि मंगलबार मात्र यहाँका २ हजार ३७८ जना संक्रमितको यस कोरोनाको सङ्क्रमणबाट ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ४ लाख ७६ हजार सात सयभन्दा बढी पुगेको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी मंगलबार मात्र त्यस अघिको २४ घण्टामा ब्राजिलमा करिब ५३ हजार जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पनि जानकारी दिइएको छ । एजेन्सी