चीनले अहिलेसम्म ८५ करोड कोरोनाविरुद्धको खोप लगाएको छ । विश्वमा हालसम्म सबैभन्दा बढी कोरोनाविरुद्धको खोप लगाउनेमा चीन पहिलो नम्बरमा देखिएको छ ।
विश्वमा हालसम्म संयुक्तराज्य अमेरिका ३० करोड ४८ लाख खोप लगाएर दोस्रो स्थानमा कायम भएको छ भने भारत २४ करोड खोपका साथ कोरोनाविरुद्धको खोप लगाउने राष्ट्रमा तेस्रो भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हाल ३७ लाख ८९ हजार व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । विश्वभर कूल १७ करोड ५६ लाख संक्रमित भएका मध्ये १५ करोड ९२ लाख संक्रमणमुक्त भएका छन् ।
हालसम्म संयुक्तराज्य अमेरिकामा ६ लाख १४ हजार, भारतमा ३ लाख ६३ हजार, ब्राजिलमा ४ लाख ८२ हजार, फ्रान्समा १ लाख १० हजारको ज्यान गएको छ ।
कोरोनाभाइरसको संक्रमणबाट जोगाउन खोप नै सर्वोत्कृष्ठ उपाय रहेको अध्ययनहरुले देखाए पनि विश्वका सबैजसो मुलुकमा समानुपातिक रुपमा खोप उपलब्ध हुन नसक्दा खोप लगाउने अभियान सहज हुन नसकेको विश्व स्वास्त्य संगठनले जनाएको छ । एजेन्सी