logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा ग्यास विष्फोटमा परेर १२ को मृत्यु, सयभन्दा बढी घाइते


अंकुरण खबर
1.04K
Shares

चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।

घटनामा परी सय जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

स्थानीय अधिकारीको स्रोत उदृत गर्दै सञ्चारमाध्यहरूमा बताइएको अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था अत्यन्त गम्भीर रहेको छ ।

खोज तथा उद्वार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा विस्फोट स्थलमा भेटिएका १५० जनाको उद्वार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् ।

शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६ : ३० बजे उक्त विस्फोट भएको थियो । विस्फोट हुँदा स्थानीयबासीबीच भागदौड मच्चिएको दृश्य टेलिभिजनहरूले देखाएका छन् ।