logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

कम उमेरका केटाकेटीको पहुँचमा अश्लील सामग्री पुग्न नदिन भारतमा विशेष अभियान


अंकुरण खबर
1.677K
Shares

भारतको केरलामा इन्टरनेटबाट उपलब्ध हुने अश्लील सामग्री कम उमेरका केटाकेटीको पहुँचमा पुग्न नदिन विशेष अभियान थालिएको छ।

गत साता सो प्रान्तमा केटाकेटीको पहुँचमा अश्लील सामाग्री पुगेको भन्दै सोविरुद्ध ३ सय ७० वटा मुद्दा दर्ता भएका थिए।

सो मुद्दापछि केरला पुलिसले डिजिटल माध्यमबाट बच्चासम्म अश्लीलता पुग्न नदिन अभियानलाई तीव्र बनाएको छ ।

प्रहरीले एक सातामा दर्जनौँ व्यक्तिलाई पक्राउ गरेको छ । सो क्रममा प्रहरीले मोबाइल फोन, मेमोरी कार्ड, हार्ड ड्राइभलगायत उपकरण जफत गरेको छ । एजेन्सी