रुसको सिबेरियामा जहाज दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्टिय सञ्चार माध्यमका अनुसार रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा शनिबार जहाज अवतरणका क्रममा धस्सिएर दुर्घटना भएको हो ।
१७ जना सवार जाहाजमा दुर्घटनामा परेर दुई जना चालक दलका सदस्य र अरु सात जना यात्रु गरेर ९ जनाको मृत्यु भएको छ ।
सो जहाजले सोही दिन मात्र ३ पटक उडान भरेको थियो । चौथो पकटको उडानका क्रममा जहाजमा समस्या आएपछि आकस्मिक अवतरण गर्दा दुर्घटना भएको हो ।