logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा थप ५८ हजार संक्रमित, १ हजार २३९ संक्रमितको मृत्यु


अंकुरण खबर
1.339K
Shares

दुई महिनाअघिसम्म कोरोना संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ६० हजार संक्रमित थपिएका छन् ।

दुई महिनाअघि लगातार ४ लाख संक्रमित हुँदै आएको भारतमा पछिल्लो १३ दिनयता संक्रमितको दैनिक वृद्धिदर एक लाखभन्दा कम छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ५८ हजार ५८८ जनामा संक्रमण भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९८ लाख ८१ हजार ३५२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ७ लाख ३६ हजार १६५ जना संक्रिय संक्रमित रहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस्तै त्यहाँ एकै दिन १ हजार २३९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ८६ हजार ७४० पुगेको छ ।