logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो


अंकुरण खबर
2.236K
Shares

ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख नाघेको छ ।

गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट एक हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट एकैदिन १ हजार २५ जनाको ज्यान गएको बताइएको छ ।

ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरुभएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या ५ लाख नाघेको छ ।

सन् २०२० फेब्रुअरी २६ बाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म पाँच लाख १ हजार ८२५ जना पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय संञ्चार माध्यमले जनाएको छ ।