भारतको जम्मु–कश्मीरस्थित पलुवामा जिल्लामा आतंककारीको आक्रमणमा एक विशेष प्रहरी अधिकारी एसपीओ र उनकी श्रीमतीको मृत्यु भएको छ ।
जिल्लाको अवन्तीपोरास्थित हरिपरिगाममा राति करिब ११ बजे आतंककारीहरुको समूह एसपीओ फैयाज अहमदको घरमा घुसेर गोली चलाउँदा गम्भीर घाइते भएका एसपीओ दम्पतीको अस्पतालमा मृत्यु भएकोे हो ।
घटनामा उनीहरुकी छोरी घाइते भएको जनाइएको छ । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । अघिल्लो रात जम्मु कश्मीरको जम्मु विमानस्थलमा दुईवटा शक्तिशाली विस्फोट भएको थियो ।
इन्डियन एयरफोर्सको स्टेशनसमेत रहेको क्षेत्रमा दुईवटा शक्तिशाली विस्फोट भए पनि मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।
भारतमा पहिलो पटक सैन्य एयरफोर्स केन्द्रमा विस्फोट भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।