भारतमा १०२ दिनपछि सबैभन्दा कम कोभिड १९ संक्रमितको पहिचान भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७ हजार ५६६ जनामा संक्रमण देखिएको हो। यससँगै भारतमा कूल संक्रमितको संख्या ३ करोड ३ लाख १६ हजार ८९७ पुगेको छ।
यस्तै, ५६ हजार ९९४ जना कोभिड १९ संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ५ लाख ५२ हजार ६५९ पुगेको छ।
भारतमा संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ९०७ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार संक्रमणका कारण देशभर मृत्यु हुनेको संख्या ३ लाख ९७ हजार ६३७ पुगेको छ।