logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ताको क्रम शुरू


अंकुरण खबर
2.717K
Shares

अमेरिका र नेटोका सैनिकहरू अफगानिस्तानमा रहेको बागराम एयरबेसबाट घर जानका लागि निस्केको छन् ।

सेप्टेम्बर ११ सम्ममा सबै अफगानिस्तानमा रहेका अमेरिकी सैनिकहरू फिर्ता बोलाउने राष्ट्रपति जो बाइडनको घोषणालाई कार्यान्वयन गर्दै सैनिक फिर्ताको काम चरणबद्ध रूपमा अघि बढिरहेको बीबीसीको समाचारमा जनाएको छ ।

ओसामा बिन लादेनले सन् २००१ मा अमेरिकाको न्युयोर्कस्थित ट्विट टावरमा आक्रमण गरेपछि उनी लुकेर बसेको ठाउँ खोज्दै अमेरिका अफगानिस्तानमा युद्ध गर्न पुगेको थियो ।

युद्ध लम्बिँदै गएर २० वर्ष पुगिसकेको छ र लाखौंको ज्यान गएको छ ।