logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हाइटीमा जहाज दुर्घटना, ६ जनाको मृत्यु


अंकुरण खबर
754
Shares

हाइटीमा निजी जहाज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

जहाजमा ६ जना नै यात्रु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटना हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्सको दक्षिणपश्चिम क्षेत्रमा भएको थियो ।

मर्नेहरूमध्ये दुई जनाको मात्र शव पहिचान भएको छ । दुबै नागरिक अमेरिकन रहेका छन् । बाँकी चार जनाको भने शव पहिचान हुन सकेको छैन ।

दुर्घटना हुनुको कारण भने अझै खुल्न सकेको छैन । अनुसन्धान जारी नै रहेको छ ।